Health packages
Rehabilitation care center
Lifestyle medicine
Yoga therapy & retreat
Ayurveda treatment & panchakarma

योगका उपयोगिता


डा. बिनोद घिमिरे

योग तथा पुनर्स्थापना विशेषज्ञ

मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्च कोष भनिन्छ | तैत्तिरीय उपनिषदका अनुसार पञ्च कोषमा अन्नमयकोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष स्थूलदेखि  सूक्ष्मसम्म पर्दछन् ।

यी सम्पूर्ण तहको सन्तुलन गर्दै सबै तहबाट माथि उठ्दै चेतनाको उच्चतम अवस्थामा पुग्नु नै योगको उपयोगिता हो । समग्रमा योगका उपयोगिता यस प्रकार छन्:

योग पर्यटन

प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा योग पर्यटन्का प्रशस्त सम्भावनाहरू छन् । पर्वतीय क्षेत्रमा पर्यटकलाई कम अक्सिजन्बाट उत्पन्न हुने विभिन्न नकारात्मक असरहरू न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै फलदायी हुन्छ । प्राकृतिक छटाले भरिपूर्ण, शान्त स्थलहरू नेपालमा प्रशस्त छन्, जहाँ योग का विभिन्न विधिहरू प्रयोग गरी नेपाललाई साधनाको गन्तव्यको रूपमा विकसित गर्न सकिन्छ । जसबाट देशको विकास गर्न निकै सहयोगी हुन्छ ।

योग खेलकुद

योगले खेल जगतमा चाहिने शारीरिक सुगठन, मानसिक एकाग्रता तथा सन्तुलन, शरीरमा लचकता प्रदान गर्दछ | जसले गर्दा खेलमा सफलता मिल्नुका साथै खेलमा मैत्रता बढ्दछ । योगले खेलमा हुने चोटपटक पछिको उपचार र दीर्घकालीन असरलाई समेत कम गर्दछ | ।

योग चिकित्सा

अधिकांश नसर्ने रोगका कारणहरूमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरू पर्दछन्। यी सबैलाई हटाई योगले सन्तुलित जीवन जिउन सिकाउनुका साथै रोगलाई निको पार्दछ। योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथ रोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निर्मूल पार्न सहयोग गर्दछ |

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणाली लाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुन्बाट समेत बचाउँछ ।

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ। तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरूलाई थाहा हुँदाहुँदै पनि अवलम्बन गर्न गाह्रो हुन्छ ।

उच्चतम जीवनको आधार

योगका विभिन्न अभ्यासहरू जस्तै आसन, क्रिया, सात्विक आहार,आसन, मुद्रा, प्राणायाम, ध्यान, स्वाध्याय, अनाश्रित कर्म आदिबाट मानव अस्तित्वका सबै कोषहरू सन्तुलित तथा उच्चतम विकसित हुन्छन् ।  योगबाट हामी लोभ, मोह, क्रोध तथा विकारहरूबाट मुक्त भई सधैभरी आनन्दमा जिउँदै ब्रम्हमा लीन हुन सक्छौ । जसबाट हामीले सामान्य प्राणीबाट ईश्वरत्व प्राप्त गर्न सक्छौ ।

योग पुनर्स्थापना

पुनर्स्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुन सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भईरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ । योग पुनर्स्थापना विशेष गरी हृदय घात, मस्तिष्क घात, ठुला चोटपटक पछि हुने शारीरिक तथा मानसिक असक्षमता, मानसिक तनाव, क्यान्सर,  कुलत मा रहेका बिरामीहरूलाई पुन सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरूका दैनिक गतिविधिहरू सहज गराउन उपयोगी हुन्छ । वैज्ञानिक अध्ययनहरूमा सामान्य पुनर्स्थापना भन्दा यौगिक पुनर्स्थापना बढी उपयोगी भएको पाइएको छ ।

शिक्षामा योग

योगले मानसिक चिन्ता हटाई स्मृति, ज्ञान हासिल गर्न सक्ने क्षमता बढाउँछ । चिकित्सा क्षेत्रका विद्यार्थीमा गरिएको अनुसन्धान्ले विद्दार्थीमा  परीक्षा अगाडीको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउँछ ।

त्यसैले वर्तमान समयमा योगका माध्यमबाट स्वस्थ जीवन जिउँदै सम्पूर्ण मानव रहस्यको पहिचान गरी शान्ति, सहिष्णुता र एकताका लागि अगाडि बढ्नुपर्छ । यो नै अहिलेको आवश्यकता हो ।

©2024 Aaradhya | Website by Zookti