आयुर्वेदमा योग
- योग आयुर्वेद (आयुको वेद ) को अङ्ग हो |
- आयुर्वेदका तिन वटा चिकित्सा विधि छन् | जसमध्ये सत्वावजय चिकित्सा योग सँग सम्बन्धित छ |
- आयुर्वेदका प्रमुख ग्रन्थ चरक संहिता, पातञ्जल योग सूत्र तथा व्याकरणको महाभाष्य एउटा व्यक्ति वा सम्प्रदाय (पतञ्जलि) द्वारा लेखिएको मानिन्छ |
पातञ्जलमहाभाष्यचरकप्रतिसंस्कृतैः।
मनोवाक्कायदोषाणां हत्रेऽहितये नमः॥
च। सू। १/१ चक्रपाणि
- आयुर्वेदमा धर्म, अर्थ, काम र मोक्षलाई जीवन (आयु) का लक्ष्यका रूपमा लिइएको छ | र मोक्षको साधनका रूपमा योगलाई लिइएको छ |
योगो मोक्षप्रवर्तकः।
च। शा। १/१३६
- आयुर्वेदमा आध्यात्मिक, आधिदैविक र आधिभौतिक दुःख/कष्टको उल्लेख भएको पाइन्छ | आध्यात्मिक दुःखको निवारणका लागि योगलाई प्रयोग गर्न सल्लाह दिइएको पाइन्छ |
- योगवार्तिकका अनुसार योगले चित्तको शुद्धि, व्याकरणले वाणीको शुद्धि र आयुर्वेदले शरीरको शुद्धि गर्दछन् | यी सबै विधाको विकास मानव कल्याणका लागि एकै मुनिले गरेका हुन् |
योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वैद्यकेन।
योपाकरोतम् प्रवरं मुनीनां पतञ्जलि प्राञजलिरान्तोऽस्मि॥
योगवार्तिक
- चरकले पातञ्जल योग सूत्रमा उल्लेख गरिएजस्तो अष्ट सिद्धिको वर्णन अष्ट ऐश्वर्यको रूपमा गरेका छन् | अष्ट ऐश्वर्यका वर्णन योगीका स्वाभाविक शक्तिका रूपमा लिइएको पाइन्छ |
आवेशश्चेतसो ज्ञानमर्थानां छन्दतः क्रियाः।
दृष्टिः श्रोत्रं स्मृतिः कान्तिष्टतश्चाप्यदर्शनम्॥
इत्यष्टविधमाख्यातं योगिनां बलमैश्वरम्।
शुद्धसत्वसमाधानात्तत्सर्वमुपजायते॥
च. शा. १।१४०-१४१
- योगमा चित्त प्रसादनका लागि निर्देशित भावनालाई चरक संहितामा वैद्यका चार वृत्तिका रूपमा वर्णन गरिएको पाइन्छ |
मैत्रीकारण्यमार्तेषु शक्येप्रीतिरुपेक्षणम्।
प्रकृतिस्थेषु भूतेषु वैद्यवृत्तिश्चतुर्विधा॥
च. सू. ९/२६
मैत्रीकरुणामुदित्तोपेक्षाणां सुखदुखःपुण्यापुण्यविषयाणां भावनातश्चित्तप्रसादनम्।
योग सूत्र १।३३
- मैत्री : मित्रता
- सबै प्राणी प्रतिको मित्रवत् व्यवहार (पतञ्जलि)
- सुखको भाव व्यक्त गर्ने (चरक)
- करुणा : दया
- कारण्यमार्तेषु (चरक)
- दु:खको भाव व्यक्त गर्ने (पतञ्जलि)
- मुदिता : प्रसन्नताको भाव
- शक्ये प्रीति (चरक)
- पुण्यको भाव व्यक्त गर्ने (पतञ्जलि)
- उपेक्षा : त्याग
- उपेक्षणम् (चरक)
अपुण्यको भाव व्यक्त गर्ने (पतञ्जलि)